Breaking News

सन्दीप लामिछानेको मुद्दामा दुवै पक्षहरुलाई बोलाउन आदेश

Banner

काठमाडौं, चैत २३-

क्रिकेटर सन्दीप लामिछानेको पुनरावेदनमा उच्च अदालत पाटनमा पहिलो दिनको सुनवाइ सकिएको छ । न्यायाधीशले झगडिया झिकाइनु (झझी) आदेश दिएका छन् ।

न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले सो आदेश गरेको हो । झगडिया झिकाउने आदेश गर्दै न्यायधीशले मुद्दालाई प्रक्रियामा लगेका हुन् ।

यदि तल्लो तहको अदालतले गरेका फैसलामाथि न्यायाधीशले पुनरावलोकन आवश्यक देखेको खण्डमा झझीको आदेश गर्ने गर्छन् । यो भनेको मुद्दाका दुवै पक्षहरुलाई बोलाउन वा खबर गर्न भनिएको हो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>