Breaking News

खाम पक्राउ प्रकरणः चितवन अदालतमा थुनछेक बहस सकियो, आजै आदेश आउने

Banner

चितवन, चैत २३-

काठमाडौंका व्यापारी रामहरि श्रेष्ठको हत्या आरोपमा १५ वर्ष पछि पक्राउ परेका माओवादीका पुर्व कमान्डर कालीबहादुर खामको मुद्दामा चितवन जिल्ला अदालतमा हिजोदेखी सुरु भएको थुनछेक बहस आज सकिएको छ ।

सर्वोच्च अदालतबाट मिसिल आइपुगेपछी हिजो विहान ११ः३० बजेदेखि खामको बयान सुरु भएको थियो । त्यसलगत्तै दिउँसोदेखि सुरु भएको थुनछेक बहस आज दिउँसो सवा १२ बजे सकिएको अदालतका श्रेस्तेदार विश्नुप्रसाद आचार्यले जानकारी दिए । थुनछेक बहस सकिएकाले आजै आदेश आउने भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>