Breaking News

सन्दीप लामिछानेको मुद्दामा आज उच्च अदालतमा पेशी

Banner

काठमाडौँ, चैत २३-

क्रिकेटर सन्दीप लामिछानेको बलत्कार मुद्दामा आज पाटन उच्च अदालतमा पेशी रहेको छ। अदालतमा मुद्दाको पुनरावलोकन हुने की नहुने तय हुने छ। गत १३ पुसमा सन्दीपलाई जिल्ला अदालत काठमाडौंले बलत्कार मुद्दामा दोषी ठहर गरेको थियो।

न्यायाधीश शिशिरराज ढकालको इजलासले सन्दीपलाई बलत्कार मुद्दामा दोषी ठहर गर्दै किशोरी नाबालिग रहेको फैसला गर्दै उनलाई ८ वर्ष कैद, ३ लाख जरिवाना र २ लाख क्षतिपुर्ति भराउन आदेश दिएको थियो।

त्यसपछि सन्दीप १० फागुनमा जिल्ला अदालतको आदेशविरुद्ध पुनरावेदनका लागि उच्च अदालतमा पुगेका थिए। सन्दीप उच्च अदालत पुगेलगतै १ चैतमा सरकारी पक्षपनि पीडित ‘गौशाला २६’ नाबालिक रहेको भन्दै उच्च अदालत पुगेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>