Breaking News
जिल्ला अदालत चितवनले दियो कालीबहादुरको मुद्दामा सर्वोच्चबाट सक्कल मिसिल झिकाउन आदेश
०

चितवन, चैत २१-
जिल्ला अदालत चितवनले माओवादी पूर्वकमाण्डर कालीबहादुर खामको मुद्दामा सक्कल मिसिल झिकाउन आदेश दिएको छ । न्यायाधीश दयाराम ढकालले व्यापारी रामहरी श्रेष्ठको हत्या अभियोगमा पक्राउ परेका माओवादीका पूर्वकमाण्डर कालीबहादुरको मुद्दाको मिसिल सर्वोच्चबाट झिकाउन आदेश दिएका हुन् ।।
सर्वोच्चबाट सक्कल मिसिल प्राप्त भएपछि खामलाई अदालतमा उपस्थित गराउन न्यायाधीश ढकालले आदेश दिएका हुन् । आदेशपछि खामलाई पुनः प्रहरीको जिम्मा लगाइएको श्रेष्तेदार विष्णुप्रसाद आचार्यले जानकारी दिए ।
खामलाई हिजो प्रहरीले काठमाडौंको ठमेलबाट पक्राउ गरेर आज चितवन ल्याइएको हो । आजै उनलाई अदालत उपस्थित गराएर लामो समयदेखि मुल्तबीमा रहेको मुद्दा अगाडि बढाइएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























