Breaking News

आयरल्यान्डविरुद्ध नेपाल ‘ए’ को जित

Banner

काठमाडौँ, चैत १९-

नेपाल ‘ए’ र आयरल्यान्ड वुल्भ्सबीचको तेस्रो तथा अन्तिम टी–ट्वेन्टी खेल आयरल्यान्ड पराजित भएको छ। यसअघिका दुई खेलमा पराजित भएपछि सिरिज गुमाएको नेपालले तेस्रो खेलमा आयरल्यान्डलाई ३ रनले पराजित गरेको हो ।

नेपालले दिएको २१४ रनको लक्ष्य पछ्याएको आयरल्यान्डले २० ओभरमा ७ विकेटको क्षतिमा २१० रन जोड्यो। बलिङमा नेपालका विपिन खत्रीले ३ विकेट लिए। उनले ४ ओभरमा १ मेडन राख्दा २३ रन दिए। कमलसिंह ऐरी, रशिद खान र नारायण जोशीले १-१ विकेट लिए।

त्यस्तै पहिले ब्याटिङ गर्दै ७ विकेटको क्षतिमा नेपालले २१३ रन जोड्यो। नेपालका लागि आरिफ शेखले उत्कृष्ट ब्याटिङ गरे। आरिफले नटआउट ९३ रन जोडे। उनले ४८ बलमा ७ चौका र ६ छक्का प्रहार गरे।

कमलसिंह ऐरीले ७ बलमा २ चौका र १ छक्का प्रहार गर्दै नटआउट १९ रन जोडे। रशिद खानले १३ बल खेलेर ३ छक्का प्रहार गर्दै २४ रन जोडेका थिए। त्यसअघि ओपनरद्वय लोकेश बम ८ रन र देव खनाल ६ रन जोडेर आउट भए। कप्तान विनोद भण्डारीले ११ रन जोड्दा बसिर अहमदले १९ रन बनाए। पवन सर्राफ १३ रन र नारायण जोशी १ रनमा आउट भए।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>