Breaking News
आजदेखि तीन महिना सम्म अन्तर्राष्ट्रिय विमानस्थलमा उत्तरतर्फबाट जहाज अवतरण गर्न नपाइने
०

काठमाडौँ, चैत १९-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा तीन महिनासम्म जहाज अवतरणमा रोक लगाइएको छ । उडान निरन्तर हुनेभएपनि विमानस्थलको रनवेको उत्तरतर्फको विन्दु (टु-जिरो)बाट जहाज अवतरणमा आजदेखि तीन महिनासम्म रोक लगाइएको हो ।
काठमाडौं विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले विमानस्थलको पूर्वाधार सुधारको क्रममा उत्तरतर्फ ट्याक्सी-वे निर्माण तथा विस्तारको काम भइरहेकाले आजदेखि बौद्धतर्फको टु-जिरो रनवेबाट जहाज अवतरण गर्न रोक लगाइएको जानकारी दिए । यसबाट पर्वतीय उडान र आन्तरिक उडान प्रभावित हुनेछन् । यस्तो रोक अनुमानित तीन महिनाका लागि भएको तिवारीले बताए ।
जसको कारण अब रेनवेको दक्षिणतर्फको विन्दु (जिरो-टु)बाट मात्र अवतरण हुने छ । जसले गर्दा अब केही दिन दक्षिण तर्फको रनवेमा केही चाप हुनेछ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























