Breaking News
ठिमुरा र देवघाट जोड्ने पुलको उद्घाटन गर्न राष्ट्रपति पौडेल चितवनमा
०

चितवन, चैत १७-
राष्ट्रपति रामचन्द्र पौडेल चितवन आइपुग्नुभएको छ । भरतपुर महानगरपालिका–१ ठिमुरा र तनहुँको देवघाट गाउँपालिका–५ घिन्टार जोड्ने मोटर गुड्ने पुलको उद्घाटनका लागि राष्ट्रपति पौडेल केहीबेरअघि चितवन आउनुभएको हो ।
पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष टङ्कनाथ पौडेलका अनुसार राष्ट्रपति पौडेलले पुल उद्घाटनसँगै तनहुँको देवघाटमा रहेको गलेश्वर आश्रममको ज्येष्ठ नागरिक भवनकोसमेत शिलन्यास गर्नुहुने कार्यक्रम छ ।
विसं २०७१ कात्तिक २० गते शिलन्यास भएको सो पुलको निर्माणमा रु २१ करोड ६८ लाख आठ हजार खर्च भएको डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख रमेशप्रसाद पौडेलले जानकारी दिनुभयो । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























