Breaking News

त्रिशुली दुर्घटना अपडेटः मृतक ५ जनाको पहिचान खुल्यो, एकजना अझै वेपत्ता (नामावली सहित)

Banner

चितवन, चैत १७–
ईच्छाकामना गाउँपालिका–५ स्थित पृथ्वी राजमार्गको सिमलधारा नजिकैबाट त्रिशुलीमा ट्याक्सी खस्दा मृत्यु भएका पाँच जनाको पहिचान खुलेको छ ।

मृत्यु हुनेमा एक बालक, एक पुरुष र ३ जना महिला रहेका छन् भने एक जना अझै वेपत्ता छन् । वेपत्ताको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार काठमाडौँबाट गोरखा जान लागेको बा २ ज ४१९६ नम्बरको ट्याक्सी बिहान सवा ७ बजेको समयमा सडकबाट करिब ८० मिटर तल नदिमा खसेको हो ।

मृतकको नामावलीः

१.ट्याक्सी चालक गोरखा नगरपालिका–७ बस्ने ३५ वर्षीय अर्जुन शिर्मल ।
२.ट्याक्सीमा सवार गोरखा नगरपालिका–७ बस्ने ४१ वर्षीय हरिमायां रोकाय ।
३.ट्याक्सीमा सवार गोरखा नगरपालिका–७ बस्ने ७० वर्षीय जुनकिरी रोकाय ।
४.ट्याक्सीमा सवार गोरखा नगरपालिका–७ बस्ने २८ वर्षीय अन्जना रोकाय ।
५.ट्याक्सीमा सवार गोरखा नगरपालिका–७ बस्ने ९ वर्षीय बालक आगमन नगरकोटी ।

बेपत्ता भएकोः
गोरखा नगरपालिका–७ बस्ने १८ वर्षीय दिवश रोकाय

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>