चितवन विशेष

त्रिशुली र नारायणी नदी क्षेत्रलाई सम्पदा नदी घोषणा गर्न माग

Banner

चितवन,चैत १५-

त्रिशूली नदीको बुट्टारमा सुपर त्रिशूली हाइड्रोपावर आयोजना ब्लु इनर्जी प्रालिको वातावरणीय प्रभाव मूल्याङ्कन ९ईआईए० बदरको मागसहित सर्वोच्च अदालतमा रिट दायर भएको छ । आयोजनाले उत्पादन गर्ने भनिएको एक सय मेगावाट बिजुली उत्पादन रोक्ने आदेशको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाई अधिवक्ता पदमबहादुर श्रेष्ठसहित स्थानीय ५९ जनाले हिजो दायर गर्नुभएको रिटमा बिजुली उत्पादन गर्नेगरी २०७४ साल साउन ३ गते पारित भएको ईआईए बदर गर्न माग गरिएको छ ।

रिटमा नुवाकोटको देवीघाटबाट चितवनको देवघाटसम्मको त्रिशूली नदीको क्षेत्र र नारायणी नदीको देवघाटबाट त्रिवेणी, नवलपरासी बर्दघाट सुस्तापूर्वसम्मको नदी क्षेत्रलाई सम्पदा नदी घोषणा गर्न माग गरिएको छ ।

यस्तै नदीको अस्तित्व र प्राकृतिक महत्त्व जोगाउनुपर्ने रिटमा उल्लेख छ । दायर गरिएको रिटमा आयोजनाले बिजुली उत्पादनको कुनै पनि काम शुरु नगरेको तथा जग्गा अधिकरण गर्ने, क्षतिपूर्ति दिने, क्षतिको पहिचान र व्यवस्थापन गर्ने, मुर्दाघाट सार्ने, र्‍याफ्टिङ व्यवसायको समस्या सम्बोधनलगायत विषयमा ध्यान नदिएको उल्लेख छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>