Breaking News

वाग्मती र कोसी प्रदेशमा बिहानैदेखि वर्षा, दिउँसो कहाँ-कहाँ पर्नेछ पानी ?

Banner

काठमाडौं,चैत १४-

देशका केही भू–भागमा आज वर्षाको सम्भावना रहेको छ । वाग्मतीसहित केही प्रदेशमा वर्षाको सम्भावना रहेको हो । कोसी प्रदेशलगायत देशका पहाडी भू–भागमा बिहान आंशिकदेखि साधारणतया बदली रहेको छ । कोसी र वाग्मती प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी, वाग्मती र गण्डकी प्रदेशलगायत देशका पहाडी भू–भागमा साधारणतया बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा तथा मधेस प्रदेश र बाँकी पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

कोसी, वाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ । विभागले राति पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने जनाएको छ । कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । कोसी, वाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले बताएको छ । हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>