Breaking News

टी–२० क्रिकेट शृंखलाः दोस्रो खेलमा पनि आयरल्यान्ड विरुद्ध नेपालको सहज जीत

Banner

काठमाडौं,चैत १३-

नेपाल भ्रमणमा रहेको आयरल्यान्ड ए विरुद्ध नेपालले दोस्रो टी-२० मा पनि सहज ७१ रनको जीत हात पारेको छ । पहिलोमा ६ विकेट र दोस्रो पनि सहज जीत हात पारेपछि नेपाल २-० जित्न पुग्यो । टस जितेर ब्याटिङ गर्दै १९९ रनको लक्ष्य दिएको नेपालले आयरल्याण्डविरुद्ध ७१ रनको जीत दर्ता गरेको हो ।

२० ओभरमा ७ विकेट गुमाउँदै नेपालले १९९ रनको लक्ष्य दिएको थियो । नेपाली बलरसामु टिक्न नसक्दा आयरल्यान्ड १८.३ ओभरमा १२७ रन बनाउँदै अलआउट भयो ।​ आयरल्यान्डका लागि स्टेफन दोहनीले २६, मोर्गन टोपीलले २१, केड कार्रिमेचलले १८, कप्तान नेल रकले १७, रोस अडेरले १७ रन बनाए । ८ बलर खेलाएको नेपालका लागि कुशल मल्ल र सोमपाल कामीले ३/३ विकेट लिए । करण केसी, विवेक यादव र कुशल भुर्तेलले एक/एक विकेट लिए ।​

आयरल्यान्डलाई चुनौतीपूर्ण लक्ष्य दिने क्रममा नेपालका लागि गुल्सन झाले सर्वाधिक ४६ रन बनाए । कुशल मल्लले १३ बलमै ३४ रन बनाउँदा रोहित पौडेलले ३३ रनको योगदान दिए । कुशल भुर्तेलले २५, सन्दीप जोराले १० बलमा २१, अनिल साहले १२ र आसिफ शेखले ११ रनको योगदान दिए । डेब्यु गरेका विवेक यादवले ८ बलमा ७ रन बनाए । सोमवार पहिलो खेलमा नेपाल ६ विकेटले विजयी भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>