Breaking News

नेपालले आयरल्यान्ड ‘ए’ लाई दियो १९९ रनको लक्ष्य

Banner

काठमाडौँ,चैत १३-

नेपाली राष्ट्रिय क्रिकेट टोलीले टी–२० आई खेलमा आयरल्याण्ड वुल्भ्सको ए टोली सामु जितका लागि १ सय ९९ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ९८ रनको योगफल तयार पारेको हो।

चौथो विकेटका लागि गुल्सन झा र कप्तान रोहित पौडेलले ७१ रनको साझेदारी गरेपछि नेपालले विशाल योगफलको आधार खडा गरेको थियो। ३२ बलमा १ चौका र ४ छक्का प्रहार गरेका गुल्सन ४६ रन बनाउँदा वेन ह्वाइटको बलमा कप्तान निल रकको हातबाट क्याच आउट हुन पुगे।

त्यसअघि ओपनर आशिफ शेख ११ रन बनाउँदा म्याथु फोस्टरको बलमा क्याच आउट भए। अर्का ओपनर कुशल भुर्तेल २५ रन बनाउँदा क्याच आउट नै भए। कुशलले १६ बलमा २ चौका र २ छक्का प्रहार गर्दा फोस्टरको बलमा नै आउट हुन पुगे। अनिल शाह १२ रन बनाउँदा पेभेलियन फर्के। कप्तान रोहित पौडेल ३३ रन बनाउँदा आउट हुन पुगे। उनले २४ बलमा ५ चौका हाने।

विष्फोटक ब्याटिङ गर्दै १३ बलमा १ चौका र ४ छक्का प्रहार गरेका कुशल मल्ल ३४ रन बनाउँदा क्याच आउट नै हुन पुगे। सन्दीप जोरा २१ रनमा क्याच आउट भए। विवेक यादव ७ रनमा अविजित रहे। लामो सट खेल्ने धुनमा रहँदा आयरल्याण्डविरुद्ध नेपालका ७ ब्याटर क्याच आउट भए।

आयरल्याण्डका लागि म्याथु फोस्टर र बेन ह्वाइटले समान २ विकेट लिए। फियोन हान्ड र गाभिन होइले समान एक विकेट आफ्नो नाममा गरे। पाहुना टोली आयरल्याण्डले घरेलु टोलीविरुद्ध केहीबेरमा जवाफि ब्याटिङ गर्नेछ। पहिलो खेलमा आयरल्याण्डलाई ६ विकेटले हराएको नेपाल लगातार दोस्रो खेलमा जित निकाल्दै सिरिज आफ्नो पक्षमा पार्न चाहान्छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>