Breaking News
नेपालले आयरल्यान्ड ‘ए’ लाई ६ विकेटले हरायो
०

काठमाडौं, चैत १२-
आयरल्यान्ड ‘ए’ लाई नेपालले ६ विकेटले हराएको छ ।
पहिलो अभ्यास खेलमा आयरल्यान्ड ‘ए’ टीममाथि नेपालले ६ विकेटको सहज जित निकालेको हो । आयरल्यान्डले दिएको १२२ रनको लक्ष्य पछ्याएको नेपालले १६ ओभर १ बलमा ४ विकेट गुमाएर पूरा गर्यो ।
नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ३७ रन जोडे । ३७ रनमा ३ विकेट गुमाएको नेपाललाई कुशलले सन्दीप जोरासँग मिलेर ५४ रनको साझेदारी गरेका थिए । सन्दीप ३६ रनमा बनाए । दीपेन्द्रसिंह ऐरी २० रनमा अविजित रहँदा आसिफ शेख १६, गुल्सन झा ४ र कप्तान रोहित पौडेल शुन्य रनमा आउट भए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























