मनोरञ्जन

राजनीतिज्ञका रूपमा ‘महाजात्रा’ फिल्म हेर्दा ऊर्जा थपियोः गृहमन्त्री रवि

Banner

काठमाडौँ, चैत १२-

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले फिल्म ‘महाजात्रा’ हेरेका छन् । उनले दर्शकसँगै बसेर पत्नी निकिता पौडेलसँग आइतबार राति फिल्म ‘महाजात्रा’ हेरेका हुन् ।

फिल्मको विषय प्रहरी र अनुसन्धानसँग जोडिएको हुँदा आफू थप आकर्षित भएको र राजनीतिज्ञका रूपमा फिल्म हेर्दा ऊर्जा थपिएको उनले बताए । त्यस्तै लामिछानेले भने, ‘मलाई यो शृङ्खलाका अघिल्ला दुई फिल्म नै मन परेको थियो । म निर्देशक प्रदीप भट्टराई, अभिनेता विपिन र दुई रवीन्द्रको अभिनयको फ्यान नै हो । त्यसैले आज फुर्सदको समय सदुपयोग गर्दै फिल्म हेरेको हुँ ।’

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>