मनोरञ्जन

कमेडी च्याम्पियनका निर्देशक हाजिर जमानीमा रिहा

Banner

काठमाडौं, चैत ११-

टेलिभिजन रियालिटी शो ‘कमेडी च्याम्पियन’ का प्रोडुसर तथा निर्देशक रिहा भएका छन् । मदिरा सेवन गरी कार चलाएर दुर्घटना गराएको आरोपमा प्रहरी नियन्त्रणमा रहेका निर्देशक विशाल भण्डारी हाजिर जमानीमा रिहा भएका हुन् ।

शनिबार साँझ घाइतेका परिवारसँग कागज सम्पूर्ण उपचार खर्च बेहोर्ने गरी कागज भएपछि भण्डारी हिरासतमुक्त भएको जिल्ला प्रहरी परिसर भक्तपुरका एसपी वेद विष्टले जानकारी दिए ।

बिहीबार निर्देशक भण्डारीले चलाएको बा-१-०२६ ०३५९ नम्बरको कार भक्तपुरको जगाती नजिकको सडकमा अनियन्त्रित भएर रोकिराखेको टिप्परसँग ठोक्किएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>