अपराध

मोरङको बेलबारीमा श्रीमतीको हत्यापछि श्रीमानले पनि गरे आत्महत्या

Banner

विराटनगर, चैत ७-

मोरङको बेलबारी-१ मा श्रीमतीको हत्या गरेपछि श्रीमानले पनि आत्महत्या गरेका छन् ।

मंगलबार राति करिब १ बजे बेलबारी नगरपालिका-१ भेडाटोलमा बस्दै आएका बमबहादुर लिम्बूले पत्नीको हत्यापछि आत्महत्या गरेका हुन् । उनका छोरा भने भागेर बाँचेका छन् ।

प्रहरीका अनुसार राति करिब १ बजे ६० वर्षीय बमबहादुरले ४५ वर्षीय पत्नी गीता लिम्बूलाई धारिलो हतियार (दाउ)ले प्रहार गरेका थिए । प्रहरीका अनुसार गीताको घटनास्थलमै मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी रञ्जनकुमार दाहालले बमबहादुरले त्यही दाउले आफ्नो घाटी रेटेर आत्महत्या गरेको देखिएको बताए ।
निर्मला राईको घरमा उनीहरु चार वर्षदेखि डेरामा बस्दै आएका थिए ।

गम्भीर अवस्थामा रहेका बमबहादुरलाई उपचारका लागि नोबेल मेडिकल कलेज पठाएको थियो । अस्पताल पुगे लगत्तै चिकित्सकले मृत घोषित गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>