चितवन विशेष

देवघाटमा नुहाउँदा वेपत्ता भएका पुरुषको शव नारायणी किनारमा फेला

Banner

भरतपुर,चैत ६-

नारायणी नदीमा एक पुरुषको शव फेला परेको छ । आज दिउसो भरतपुर महानगरपालिका १ पोखरा बसपार्क (गौरेश्वर मन्दिर पछाडि) नारायणी नदी किनारमा पुरुषको शव फेला परेको हो । अन्दाजी ३५ वर्षका पुरुषको शव काठमा अड्किएको अवस्थामा भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

इलाका प्रहरी कार्यालय नारायणगढबाट खटिएको प्रहरी टोलीले शव निकालेको र सनाखत समेत भएको प्रहरीले जनाएको छ । चैत २ गते देवघाटमा नुहाउने क्रममा वेपत्ता भएका धादिङ घर भएका नरेश अधिकारी भएको रोटरी धर्मशाला देवघाटका संचालक विष्णु कुँवरले बताउनुभयो । शव परीक्षणका लागि भरतपुर अस्पतालको शवगृहमा राखिएको छ । मृतकका आफन्त र घरपरिवारको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>