Breaking News

रविको बचाउमा ओलीः उजुरीकै भरमा मन्त्री हुन नपाउने भए नेपालमा सबै खाली हुन्छ

Banner

काठमाडौँ, चैत ६-

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको बचाउमा बोलेका छन् । प्रेस चौतारी कैलालीले धनगढीमा आयोजना गरेको गरेको पत्रकार सम्मेलनमा उजुरी दर्ता भएकै आधारमा मन्त्री नहुने हो भने सबै पद खाली हुने बताए । ओलीले लामिछानेले राजीनामा दिनु नपर्ने समेत बताएका छन् ।

सहकारी ठगी प्रकरणमा मुछिएको भन्दै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले राजीनामा मागिरहेको बेलामा उनले भने, ‘उनी सहकारी डुबाउने कुरामा लागेका छन् ? पैसा उठाउने सञ्चालक हुन् ? केही पनि छैन भने कसरी छानबिन प्रभावित हुन्छ ? कांग्रेसतिर रवि लामिछाने र उनको पार्टी लागेन त्यसो भएको हुँदा बदनाम गर्न खोज्ने फसाउने काम गरिएको हो ।’

ओलीले थपे, ‘उजुरी दर्ता तपाईँको नाममा पनि हुन सक्छ । उजुरी दर्ताकै विषयमा मन्त्री नहुने हो भने त नेपालमा मन्त्री खाली हुन्छ, संसद् खाली हुन्छ सबै खाली हुन्छ । उजुरी त एउटा लगेर हाल्दिए भइहाल्यो नि !’

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>