राजनीति

बाबुरामको नियति नै विभाजन  !

Banner

काठमाडौं, चैत ४-

डा बाबुराम भट्टराई नेतृत्वमा पछिल्लोपटक गठन भएको नेपाल समाजवादी पार्टी (नेसपा) पनि विभाजित बनेको छ। महिन्द्र यादव पक्षले अध्यक्ष भट्टराईलाई नै ‘बाइपास’ गरी नेसपालाई नेकपा माओवादी केन्द्रसँग एकता प्रक्रियामा लैजाने निर्णय गरेको छ।

नेसपा यादव पक्ष र माओवादी केन्द्रले शनिबार दुई पार्टीबीच एकताका लागि लिखित सहमति गरेका छन्। यो सहमतिसँगै अब आधिकारिक नेसपा कसको भन्ने विवाद सुरु भएको छ।

यादव पक्षले आधिकारिक नेसपा आफू नेतृत्वको भएको र माओवादीसँग एकताको निर्णय बहुमतबाट भएको दाबी गरेको छ। भट्टराई पक्षले भने शनिबारको सहमतिलाई पार्टी एकताको नभई केही व्यक्ति माओवादी केन्द्रमा प्रवेश भनेको छ।

भट्टराईको राजनीतिक जीवन सन् १९७७ मा प्रवास (भारत)बाट सुरु भएको हो। सन् १९७७ मा उनी अखिल भारत विद्यार्थी संघको संस्थापक अध्यक्ष भएका थिए। त्यसयता आबद्धता र स्थापना गरी उनका १२ वटा पार्टी भइसकेका छन्। सन् १९८१ मा उनले नेपाल कम्युनिस्ट पार्टीको सदस्यता लिएका थिए। यो समाचार नागरिक दैनिकमा छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>