Breaking News

प्रधानमन्त्री नै हुनुपर्छ भन्ने कुरा होइन, हामी विकास निर्माण र सुशासनको पक्षमा छौंः माधव नेपाल

Banner

काठमाडौं, चैत ३-

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आफूले पदलाई प्राथमिकता नदिएको कारणले अर्को गठबन्धन बन्न नसकेको बताएका छन्।

रौतहट–काठमाडौं सम्पर्क मञ्चको कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले आफूले पदलाई प्राथमिकता नदिएको कारणले अर्को गठबन्धन बन्न नसकेको बताएका हुन् ।

उनले भने, ‘यो सरकारले राम्रो काम गरोस्। हामी यो सरकारमा सामेल हुने शिलशिला सबैलाई थाहा छ। झण्डैझण्डै दुर्घटना भइसकेको थियो। हामीलाई बेलैमा सूचना नमिलेको हुनाले अर्के गठबन्धन बन्छ कि भन्ने आइसकेको छ। तर, हामीले पदलाई महत्व दिएनौं। जसरी पनि प्रधानमन्त्री हुनुपर्छ भन्ने कुरा होइन। हामी विकास निर्माण र सुशासनको पक्षमा छौं। हामी अहिले समाजवादी शक्तिहरु अगाडि बढ्ने लागेको छौं।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>