बलिउड/हलिउड

बलिउड अभिनेता अमिताभ बच्चन अस्पताल भर्ना

Banner

काठमाडौं, चैत २-

बलिउड अभिनेता अमिताभ बच्चन अस्पतालमा भर्ना भएका छन् । ८१ वर्षीय अभिनेता शुक्रबार बिहान मुम्बईको कोकिलाबेन अस्पतालमा भर्ना भएका हुन् ।

उनको एन्जियोप्लास्टी शल्यक्रिया गरिएको छ । सर्जरीपछि बच्चनले ट्वीटमार्फत आफ्ना शुभचिन्तकलाई धन्यवाद दिएका छन् । भारतीय संचारमाध्यमका अनुसार उच्च सुरक्षासहित बच्चनलाई अस्पताल पुर्याइएको थियो । उनको स्वास्थ्य अवस्थामा यतिबेला सुधार आएको जनाइएको छ ।

सन् २००० मा अमिताभलाई हेपाटाइटिस बी भएको पत्ता लाग्यो। सन् २०२२ मा ‘कौन बनेगा करोडपति १४’को शोका क्रममा अमिताभको खुट्टाको नशा धातुको ब्लेडले काटिएको थियो । रगत निकै बगेपछि उनलाई अस्पताल लगिएको थियो ।

त्यसैगरी, वर्ष २०२० र २०२२ मा दुईपटक उनी कोभिड संक्रमित भए। जसका कारण उनी अस्पताल भर्ना हुनुपरेको थियो। चलचित्र ‘कुली’को सेटमा दुर्घटना भएपछि उनलाई रगतको आवश्यकता पर्यो। उनलाई रगत दिन रक्तदाताको भीड लागेको थियो। उनलाई २ सय दाताबाट ६० बोतल रगत दिइएको थियो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>