Breaking News
देश बनाउनु छ हामीलाई, कुनै पद ओगटेर बस्नु छैनः माधव नेपाल
०

काठमाडौं, चैत २-
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आफूहरू देशका सबै कम्युनिष्टहरु मिलाउने पक्षमा रहेको बताएका छन्।
पार्टीनिकट महिला भेला तथा प्रशिक्षणलाई सम्बोधन गर्दै उनले आफूहरू देशका सबै कम्युनिष्टहरु मिलाउने पक्षमा रहेको बताएका हुन्।
उनले भने, ‘एमालेमा गएका मुकुन्द न्यौपाने र केदार न्यौपानेको बेहाल छ। अहिले मलाई सबै कुरा विचार नगरी नफस्नुहोला भन्छन्। हामी देशका सबै कम्युनिष्टहरुलाई मिलाउने भए तयार छौँ। सबै कम्युनिष्टलाई गोलबद्ध गराउने भए तयार छौँ। देश बनाउनु छ हामीलाई। कुनै पद ओगटेर बस्नु पनि छैन। हामीलाई प्रधानमन्त्री चाहिएको पनि होइन। पार्टी अध्यक्ष पनि चाहिएको छैन।’
उनले देशको परिवर्तनमा इमानदार नेता कार्यकर्ता चाहिएको जिकिर गरे।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























