Breaking News
प्रधानमन्त्रीलाई १५ महिनामा तेस्रोपटक विश्वासको मतः पक्षमा १५७, विपक्षमा ११०
०

काठमाडौं,फागुन ३०-
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत पाएका छन् । १५ महिनामा उनले प्रतिनिधिसभाबाट तेस्रोपटक विश्वासको मत पाएका हुन् ।
बुधबार प्रधानमन्त्री प्रचण्डले संविधानको धारा १०० को उपधारा २ बमोजिम विश्वासको मत प्राप्त गर्न प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १५५ बमोजिम प्रस्ताव पेस गरेका थिए । उक्त प्रस्तावमाथि मत विभाजन हुँदा उनको पक्षमा १५७ र विपक्षमा ११० मत पर्यो । एक सांसद तटस्थ रहे । बैठकमा २६८ सांसद उपस्थित थिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























