Breaking News
माओवादी केन्द्र सरकारमा रहँदासम्म गैरकानुनी काम भइरहन्छ -सांसद बस्नेत
०

काठमाडौं फागुन ३० –
नेपाली कांग्रेसका सांसद जितजंग बस्नेतले सरकारले गैरकानुनी कारोबारमा संलग्नलाई उन्मुक्ति दिने काम गरिरहेको आरोप लगाएका छन् । बुधबार राष्ट्रियसभा बैठकमा उनले सरकार गैरकानुनी कारोबारमा संलग्नलाई उन्मुक्ति दिने संयन्त्र बनाउनतर्फ अग्रसर भएको आरोप लगाए ।
नेकपा ( माओवादी केन्द्र ) का नेताका छोराहरू गैरकानुनी कारोबारमा संलग्न भएका सूचना पटक–पटक आएको उनले उल्लेख गरे । सत्ता र शक्तिको दुरुपयोग गरी गैरकानुनी कारोबार गर्न सहज बनाउन माओवादी लागेको उनको भनाइ थियो ।
“सत्तामा रहेका परिवारका सदस्यहरू गैरकानुनी कारोबारमा संलग्न रहेको भनी विदेशी अदालतले समेत दोषी ठहर गरेको सूचना आएको छ,” उनले भने, “यस्ता कारोबारमा संलगनलाई गृह प्रशासन अनुसन्धानको दायरामा नल्याई उन्मुक्ति दिनेतर्फ गएको हो ।”
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























