मनोरञ्जन

धरान उपमहानगरले आउँदो वर्षदेखि फिल्म क्षेत्रमा पनि बजेट विनियोजन गर्ने छः हर्क साम्पाङ

Banner

काठमाडौं, फागुन ३०-

धरान उपमहानगरपालिका मेयर हर्कराज राई (हर्क साम्पाङ)ले आउँदो वर्षदेखि फिल्म क्षेत्रमा पनि बजेट विनियोजन गर्ने बताएका छन् । फिल्म ‘महाजात्रासँग स्थानीय सरकार: सिनेमा संवाद’ कार्यक्रममा उनले आउँदो वर्षदेखि फिल्म क्षेत्रमा पनि बजेट विनियोजन गर्ने बताएका हुन् ।

धरानमा रहेका फिल्म छायांकनका लोकेसन समावेश हुने गरी डायरी सार्वजनिक गरिने उनले जनाए । ‘नेपाली फिल्मको बारेमा आफूले गम्भीर रुपमा सोचेको छु,’ मेयर साम्पाङले भने, ‘अबको फिल्मलाई लिएर बजेटमा राख्छु ।’ उनले नेपाली कला संस्कृतिको विकासमा आफू गम्भीर रहेको समेत बताए ।

‘महाजात्रा’ चैत ९ गतेदेखि प्रदर्शन तयारीमा छ । फिल्म टोली प्रवर्द्धनका लागि यतिबेला देश दौडाहामा छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>