देश/प्रदेश

वडा कार्यालयमा जन्ती बास बसेपछि कार्यालय बिदा

Banner

जनकपुरधाम, फागुन २९-

जनकपुर उपमहानगरपालिका–२५ वडा कार्यालयमा जन्ती बास बसेपछि आज मंगलबार कार्यालय बिदा दिइएको छ ।

सोमबार राति जन्ती राख्नको लागि वडा कार्यालय प्रयोग गरेपछि बिदा दिइएको हो ।

कार्यालय सहयोगीको घरमा विवाह परेको र वडासचिव मदन महतो बिरामी भएकाले वडा कार्यालय बन्द रहेको वडा नं. २५ का वडाध्यक्ष चन्देश्वर साहले साहले बताए । वडा कार्यालयको सभाहलमा जन्ती राखिएको भन्दै उनले यही कारणले कार्यालय खोल्न अवरोध नभएको तर वडासचिव र कार्यालय सहयोगी नआउने भएपछि बन्द रहेको बताए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>