Breaking News

राष्ट्रिय सभा अध्यक्षका लागि आज मतदान, दाहाल र शर्माबीच प्रतिस्पर्धा

Banner

काठमाडौं, फागुन २९-

राष्ट्रिय सभाको अध्यक्षका लागि आज मतदान हुँदैछ। बिहान ११ः०९ बजे बस्ने बैठकमा अध्यक्ष चयन प्रक्रिया अघि बढाउने संसद् सचिवालयको कार्यतालिका छ।

राष्ट्रिय सभा अध्यक्षका लागि दुई उम्मेदवार चुनावी मैदानमा छन्। सत्ता गठबन्धनबाट माओवादी केन्द्रबाट नारायण दाहाल र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका तर्फबाट युवराज शर्मा उम्मेदवार छन्।

राष्ट्रिय सभामा पहिलो दल माओवादीसँग एक मनोनित र उपाध्यक्षसहित १८ सांसद छन्। एमालेसँग प्रतिनिधित्व गरेका १० सांसद छन् । एकीकृत समाजवादीका आठ र जसपाका तीन सांसद छन्। यसरी गठबन्धनमा उपाध्यक्षसहित ३९ सांसद छन्।

यता प्रमुख प्रतिपक्षी कांग्रेसका १६ सांसद छन्। लोसपाका एक, राष्ट्रिय जनमोर्चाका एक सदस्य छन्। राष्ट्रपतिबाट मनोनित वामदेव गौतमले कता भोट हाल्ने भन्ने खुलाएका छैनन्।

राष्ट्रपतिबाट मनोनित राष्ट्रिय सभा सदस्य नारायण दाहाल प्रधानमन्त्री पुष्पकमल दाहालका भाइ हुन्। २०७८ मा दाहाल राष्ट्रिय सभा सदस्यमा मनोनित भएका थिए। सरकारको सिफारिसमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले दाहाललाई राष्ट्रिय सभा सदस्यमा मनोनयन गरेकी थिइन्।

कांग्रेसले अघि सारेका शर्मा लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभा सदस्य निर्वाचित भएका हुन्। उनी ०४५ सालमा पार्टीको बाँके सभापति भएर काम गरेका थिए।

गणेशप्रसाद तिमिल्सिनाको कार्यकाल सकिएसँगै राष्ट्रिय सभामा नयाँ अध्यक्षका लागि निर्वाचन हुन लागेको हो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>