चितवन विशेष

अधिकारकर्मी तथा एमाले जिल्ला कमिटी सदस्य अम्बिकालालको निधन

Banner

चितवन, फागुन २७-

अपाङ्गता भएका व्यक्तिहरुको हक अधिकारका लागि काम गर्दै आएका अधिकारकर्मी तथा एमाले चितवनका जिल्ला कमिटी सदस्य अम्बिकालाल श्रेष्ठको निधन भएको छ ।

चितवनको भरतपुरस्थित चितवन मेडिकल कलेजमा उपचारका क्रममा ६० वर्षीय श्रेष्ठको आइतबार दिउँसो निधन भएको हो । गएको शुक्रबार ब्लड प्रेसरका कारण स्वास्थ्यमा समस्या देखिएपछि श्रेष्ठलाई उपचारका लागि अस्पताल पु¥याइएको उहाँका छिमेकी भरत चालिसेले जानकारी दिनुभयो । उहाँको आइतबार नै देवघाटमा अन्त्यष्टि गरिएको छ ।

चितवनमा रहेर लामो समयसम्म श्रेष्ठले अपाङ्गता भएका व्यक्ति र सङ्घसंस्थाको हितका लागि काम गर्दै आउनुभएको थियो । राजनीतिमा पनि सक्रिय श्रेष्ठ नेकपा एमाले चितवनका जिल्ला कमिटी सदस्य समेत हुनुहुन्थ्यो ।

एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपानकाअनुसार श्रेष्ठले तीन कार्यकाल एमालेको जिल्ला कमिटी सदस्यको भूमिका निर्वाह गर्नुभएको थियो । उहाँको निधनले पार्टीले एक असल सदस्य र प्रतिबद्ध अभिभावक गुमाएको न्यौपानेको भनाइ छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>