समाचार

दमौलीमा मुआब्जा लिएर घर भत्काउन थालियो

०
Banner

दमौली, फागुन २७-
मुग्लिन–पोखरा सडक विस्तार आयोजना अन्तर्गत तनहुँको सदरमुकाम दमौलीका बासिन्दाले मुआब्जा लिएर घर भत्काउन थालेका छन् । दमौलीमा भत्किने सत्तरी घरमध्ये पचास जनाले पहिलो किस्ता बापतको मुआब्जा बुझेर घर भत्काउन सुरु गरेका हुन् ।

पहिलो किस्ता लिएकामध्ये तेह्र जनाले आफैँ घर भत्काउन सुरु गरेका छन्। जिल्लाको बन्दीपुर डुम्रेदेखि दमौलीतर्फ सडक विस्तारका कार्य अघि बढाइएपछि सडक मापदण्डमा पर्ने दमौलीका घर भत्काउन थालिएको हो। घर भत्काइसकेपछि बाँकी दोस्रो किस्ता बापतको मुआब्जा प्रदान गरिने मुग्लिन–पोखराको पूर्वी खण्डका इञ्जिनीयर विष्णु पाण्डेले जानकारी दिए।।

‘दमौलीका घरका लागि करिब ६ करोड मुआब्जा वितरण गरिने उनले बताए । सडकको डिजाइनअनुरुप सडक केन्द्रबाट दायाँबायाँ २३ २३ मिटरको हुनेछ

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>