मनोरञ्जन

आजभोलि​ आफैँलाई म लडाकुजस्तो लाग्छः गायिका समीक्षा अधिकारी

Banner

काठमाडौं,फागुन २५-

गायिका समीक्षा अधिकारीले अन्याय जति सह्यो त्यति हेपिनुपर्ने बताएकी छन् । समाजले नारी भएको भान पटक पटक पारे पनि आफूले हिम्मत नहारेको उनले सामाजिक सञ्जालमा उल्लेख गरेकी छन् ।

शुक्रवार अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा शुभकामना दिँदै उनले लेखेकी छन् ‘मेरो परिवारको धेरै ठूला सपनाहरू थिएनन् । छैनन् पनि । साँघुरो सपनाहरूबाट फैलिन चाहनु मेरो के गल्ती थियो र ? म त पखेटा फिँजाएर उड्न चाहन्थेँ । तर बतास बनि कतै उडाएर लैजान खोज्ने धेरै भेटिए ।’

उनले अगाडि लेखेकी छन् ‘समाजप्रतिको चेतना आएदेखि मलाई यो समाजले तँ नारी होस्, छोरी भन्ने भान पटकपटक पार्यो । धेरै पटक मार्यो । तर पनि उठेँ । हिम्मत हारिनँ । हार्ने पनि छैन ।’ समीक्षाले आजकल आफूलाई लडाकु जस्तो लाग्ने बताएकी छन् ।

आजभोलि त मलाई म लडाकु जस्तै लाग्छ । अन्याय जति सह्यो त्यति नै हेपिनुपर्दो रहेछ,’ उनी अगाडि लेख्छिन्, ‘त्यसैले अन्यायविरुद्ध लड्ने तागत सम्पूर्ण महिलाहरूमा आफैँबाट आवोस भन्ने कामना र सुझावसहित अन्तर्राष्ट्रिय नारी दिवसको शुभकामना व्यक्त गर्दछु ।’ समीक्षा अहिले स्टेजदेखि स्टुडियोमा निकै डिमाण्डेडमध्येकी गायिका हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>