बलिउड/हलिउड
रहिनन् भारतीय अभिनेत्री डोली सोही
०

काठमाडौं, फागुन २५-
भारतीय टेलिशृंखला अभिनेत्री डोली सोहीको मृत्यु भएको छ।
४८ वर्षको उमेरमा उनको शुक्रबार मृत्यु भएको हो। भारतीय सञ्चारमाध्यम दैनिक जागरणका अनुसार उनको आजै अन्तिम संस्कार हुँदैछ। एक दिनअघि उनकी बहिनी अमनदीपको पनि मृत्यु भएको थियो।
डोली लामो समयदेखि क्यान्सर पीडित थिइन्। क्यान्सरकै कारण उनले टेलिशृंखला ‘झनक’ छाडेकी थिइन्।
उनले,भाभी, कलशः, मेरी आशिकी तुम से ही, खुब लडी मर्दानी, झाँसी की रानीु जस्ता टेलिशृंखलामा अभिनय गरेकी थिइन्।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























