Breaking News
भरतपुरको प्रेमबस्तीमा बोलेरोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
०

चितवन, फागुन २५-
भरतपुर महानगरपालिका–७ प्रेमबस्तीमा बोलेरोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
बिहीवार राति करिब ११ः४५ बजेको समयमा प्रेमबस्ती चोकम नम्बर नखुलेको बोलेरोले ना १७ प ७३१३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
बोलेरोको ठक्करबाट पर्सा जिल्ला बिरगंन्ज महानगरपालिका–३ घर भई हाल भरतपुर–७ प्रेमबस्तीमा डेरा गरि बस्ने ४० वर्षीय अमरदेव महतो गम्भिर घाइते भएका थिए ।
उनको भरतपुर अस्पतालका उपचारका क्रममा राति साढे १ बजेको समयमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । निज महतो भरतपुरमा घर बनाउने मिस्त्रिका रुपमा काम गर्दै आएका थिए ।
मृतक महतोको शव भरतपुर अस्पतलाको शव गृहमा राखिएको छ । मोटरसाइकललाई ठक्कर दिने बोलेरोको खोजी भइरहेको चितवन प्रहरीका प्रवक्ता श्रीराम भण्डारीले जानकारी दिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























