चितवन विशेष

अन्तर्राष्ट्रिय मेयर अवार्ड भरतपुर महानगर प्रमुख रेनु दाहाललाई

Banner

भरतपुर,फागुन २५-

भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहाललाई लन्डनस्थित संयुक्त अधिराज्य (बेलायत) को संसद् हाउस अफ कमन्समा आयोजित एक कार्यक्रममा अन्तर्राष्ट्रिय मेयर अवार्ड प्रदान गरिएको छ । बेलायतस्थित इकोनोमिक पोलिसी ग्रुप तथा बेलायती सांसद भ्यालरी बाजद्धारा बिहीबार आयोजना गरिएको पोलिटिकल एन्ड पब्लिक लाइफ अवार्ड २०२४ अन्तर्गत नगर प्रमुख दाहाललाई अन्तर्राष्ट्रिय मेयर अवार्ड प्रदान गरिएको हो । लन्डनका मेयर सादिक खानले दाहाललाई अवार्ड प्रदान गर्नु भएको थियो । कार्यक्रममा मेयर खानलाई पनि लोकल गर्भमेन्ट अवार्ड प्रदान गरिएको थियो । भरतपुर महानगरपालिकाको समग्र विकासमा उल्लेखनीय र उत्कृष्ट योगदान गरेबापत नगर प्रमुख दाहाललाई अवार्ड प्रदान गरिएको कार्यक्रममा जानकारी दिइएको थियो ।

अवार्ड ग्रहण गर्दै महानगर प्रमुख दाहालले आफूलाई नेपाल र भरतपुरवासीका लागि थप काम गर्ने ऊर्जा र हौसला मिलेको बताउनु भयो । उहाँले आफ्नो कामको मूल्याङ्कन गरेर अवार्ड दिएकोमा आयोजकलाई धन्यवाद पनि दिनु भयो । राजनीतिक तथा सार्वजनिक क्षेत्रका ख्यातिप्राप्त राष्ट्रिय तथा अन्तर्राष्ट्रिय २४ जनालाई यस वर्ष सो अवार्ड प्रदान गरिएको आयोजकले जनाएको छ ।

यस वर्ष नगर प्रमुखसँगै अवार्ड पाउनेहरूमा बेलायतका उपप्रधानमन्त्री ओलिभर डाउडेन, प्रमुख विपक्षी दल लेबर पार्टीकी उप नेता एन्जेला रेनरसीप, लन्डनका मेयर सादिक खान,शिक्षासम्बन्धी राज्यमन्त्री रोर्बट हालफन,लेवर पार्टीका अन्तर्राष्ट्रिय व्यापार छाया मन्त्री ग्यारेथ थोमस,भारतका पूर्व मन्त्री सुरेश प्रभु,मौरिससकी पूर्व राष्ट्रपति अमिना गुरिब फकिम, बेलायती सांसद नताशा अस्गर लगायत हुनु हुन्छ ।

यसअघि बेलायतका पूर्व प्रधानमन्त्री डेभिड क्यामरुन, बेलायती प्रस्तोता सर टेभर म्याकडोनाल्ड, मानव अधिकारवादी नेता रेभ जेसी ज्याक्सनलगायतलाई अवार्ड प्रदान गरिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>