Breaking News

रास्वपाले गृहसहित चार मन्त्रालय लिने,को-को बन्दैछन मन्त्री ?

Banner

काठमाडौं, फागुन २३-

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गृह मन्त्रालयसहित चार मन्त्रालय लिने भएको छ। बालुवाटारमा बुधबार दिउँसो बसेको सत्ता गठबन्धन बैठकमा रास्वपाले चार मन्त्रालय पाउने सहमति जुटेको हो। रास्वपा स्रोतका अनुसार गृहसहित चार मन्त्रालय लिने सहमति भएको हो। रास्वपा अध्यक्ष रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री बन्ने भएका छन् ।

यस्तै श्रम, शिक्षा र युवा तथा खेलकुद मन्त्रालय रास्वपाले लिने भएको छ। जसअनुसार डीपी अर्याल श्रम मन्त्री बन्ने भएका छन् भने शिक्षामन्त्रीमा रास्वपाले सुमनालाई पठाउने भएको छ । अर्यालले मन्त्रीको सपथ ग्रहण गरिसकेका छन् । एक वर्षअघि पनि उनी श्रममन्त्री बनेका थिए । तर, छोटै समयमा बाहिरनु परेको थियो । यसैगरी रास्वपा संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठ युवा तथा खेलकुदमन्त्री बन्ने भएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>