चितवन विशेष

सेन्ट्रल कलेजबाट रि एप्लाई गरेका २१ विद्यार्थीले एकैपटक पाए जापान जाने अवसर

Banner

चितवन,फागुन २२-

सेन्ट्रल कलेजबाट जापानमा उच्च शिक्षा अध्ययनका लागि रि अप्लाई गरेका २१ जना विद्यार्थीले एकैपटक जापान जाने अवसर प्राप्त गरेका छन । रि एप्लाई प्रोसेस गरेका उनिहरुले एकैपटक ब्याजलर अध्ययनका लागि अनुमति (सिओई) पाएको कलेजले जनाएको छ । कलेजका प्रिन्सिपल यज्ञ विलास (वाइबी) पौडेलले बैंक ब्यालेन्स तथा स्टेटमेन्टमा डाउट देखिएका कारणले विभिन्न समयमा जापानका विभिन्न कलेज युनिभर्सिटी र सहरबाट रिजेक्ट भएकाहरु सेन्ट्रल कलेजको रि एप्लाई मार्फत भिजा प्राप्त गर्न सफल भएको बताउनुभयो । उहाँले रि एप्लाई बाट जापान जान सकिने भएपनि बैंक रिजनबाट रिजेक्सन भएकाहरुको भिजा लाग्नु कलेजको महत्वपूर्ण सफलता भएको बताउनुभयो । उहाँले भन्नुभयो, बैंक रिजनका कारण रिजेक्ट भिजाहरु रि एप्लाई गर्दा पुनः भिजा प्राप्त गर्न सकिदैन भन्ने मान्यता स्थापित भएको थियो तर अहिले सेन्ट्रल कलेजले एकैपटक यतिधेरै विद्यार्थीको भिजा लगाएर गलत सावित गरिदिएको छ । उहाँले कलेजमा भाषा कक्षा र भिजा प्रोसेसिङमा आउने विद्यार्थीलाई विभिन्न उपाय मार्फत भिजा प्राप्त गर्ने वातावरण गराउने र उच्च शिक्षाका लागि जापान पठाउने गरको जानकारी दिनुभयो । कलेजले अहिलेसम्म सयौं विद्यार्थीलाई उच्च शिक्षा अध्ययनका लागि जापान पठाइसकेको प्रिन्सिपल पौडेलले बताउनुभयो ।

कलेजले नागासाकी इन्टरनेशनल युनिभर्सिटी, निसिक्युसु युनिभर्सिटी सागा, स्टएशिया युनिभर्सिटी तोवा र नागासाकी जुनियर लगायतका कलेजहरुमा डाइरेक्ट ब्याजलरका लागि अप्लाइ गरिरहेको कलेजले जनाएको छ । यस्तै कलेजले अक्टोबर इन्टेक २०२४ मा जापानमा भाषा कोर्ष र डाइरेक्ट ब्याजलर अध्ययनका लागि जान चाहानेहरुका लागि नयाँ भर्ना खुलेको पनि जानकारी दिएको छ ।

कलेजले जापानसंगै उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया, क्यानडा, युके, युएसए, कोरिया, युरोप लगायतका देशमा जान चाहाने विद्यार्थीलाई भाषा कक्षा, परामर्श र भिजा प्रोसेसिङका काम गर्दै आइरहेको छ । भरतपुर ओरालोस्थित आफ्नै भवनबाट विद्यार्थीलाई सेवा प्रदान गर्न थालेको कलेजले विद्यार्थी भिजामा जान चाहाने विद्यार्थीका लागि निःशुल्क जापनिज, कोरियन भाषा ,आइएलटिएस ,पिटिइ कक्षाहरु र निःशुल्क बस सेवा समेत प्रदान गरिरहेको छ । विभिन्न सामाजिक काममा समेत सक्रिय सेन्ट्रल कलेज विद्यार्थीको पहिलो रोजाइमा पर्ने गरेको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>