मनोरञ्जन

चलचित्र ‘केटी हराएको सूचना’ मा नाजिर हुसेन अनुबन्धित

Banner

चितवन, फागुन २१-

अभिनेता नाजिर हुसेन नेपाली चलचित्र ‘केटी हराएको सूचना’ मा अनुबन्धित भएका छन् ।

आज सोमबार लिएर स्क्रिप्ट पूजा गर्दे नयाँ चलचित्र ‘केटी हराएको सूचना’ घोषणा गरिएको हो ।

यस चलचित्रमा नाजिरसँगै अभिनेत्री सृष्टी श्रेष्ठ मुख्य भूमिकामा रहने छन् । उनीहरूले पहिलो पटक जोडी बनेर सहकार्य गर्न लागेका हुन् । ट्राइसिटी पिक्चर्स प्रोडक्सन कम्पनीबाट निर्माण हुन लागेको यो चलचित्रमा दिपेन्द्र गौचनको लेखन तथा निर्देशन रहेको छ । गौचनले यसअघि चर्चित टेलीसिरियल ‘उजेली’ निर्देशन गरेका थिए ।

‘केटी हराएको सूचना’मा नकिम उद्दिमको लगानी रहेको छ । अम्बर महर्जन छायाँकार रहेको चलचित्रको बिहीबारदेखि काठमाडौँ र जनकपुरमा गरिने निर्माण पक्षले जनकारी दिएको छ । अभिनेता नाजिरको यति बेला हलहरूमा चलचित्र अगस्त्य च्याप्टर–१ प्रदर्शनरत छ । यो चलचित्रबाट उनको तारिफ भइरहेको छ ।

दर्शकहरूले नेपाली चलचित्र क्षेत्रमा नयाँ खालको कथामा उच्च मेकिङका साथ चलचित्रले नयाँ स्वाद दिएको प्रतिक्रिया दिएका छन् । जसबाट नाजिर निकै उत्साहित देखिन्छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>