Breaking News

एमालेसँग मिलेकै दिन प्रचण्डले भनेः म नमर्दासम्म देशमा उथलपुथल भइरहन्छ

Banner

काठमाडौं,फागुन २१-

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू नमर्दासम्म देशमा उथलपुथल भइरहने बताएका छन्। सोमबार काठमाडौंमा आयोजित शान्ति प्रकृया संघीय लोकतान्त्रिक गणतन्त्र र आजको राजनीति विषयक अन्तरक्रियालाई सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन्।

सम्बोधनका क्रममा उनले आफूलाई घेरा हालेर सिध्याउने प्रयास अझै पनि भइरहेको बताएका छन्। ‘मलाई घेरा हालेर सिध्याउन प्रतिक्रियावादीहरूबट धेरै पटक कोसिस भए। तर ती सबै घेरा तोड्दै आएका छौँ, तोड्दै जान्छौँ, उनले भने, त्यसकारण म साथीहरूलाई भन्न चाहन्छु, ठूला कुरा गर्नुभन्दा क्रान्तिकारीहरू सबै एक ठाउँमा केन्द्रित हुने बाटोमा लागौँ। त्यो विकल्प वैज्ञानिक र क्रान्तिकारी हुन्छ।’

उनले आफूलाई र आफ्नो नेतृत्वको आन्दोलनलाई प्रतिक्रियावादीहरूले अविश्वसनीय भन्ने गरेको गुनासो गरे। ‘कतिबेला कता फड्किन्छ, भन्नै नसकिने बुझ्नै नसकिने मान्छे भन्छन्’, उनले अगाडि भने, ‘म अनप्रेडिक्टेबल त होइन।’ प्रचण्डले आफू नेपालका श्रमिक जनता, सहिद, योद्धा, घाइते, अपांग र नेपालप्रति प्रेडिक्टेबल रहेको बताए। ‘उनीहरूप्रति इमानदार हुने कुरामा म जहिले कायमै छु। प्रतिक्रियावादीले मलाई उपयोग गर्न खोजे भने म कुनै पनि बेला लात्ताले हानेर निक्लिन सक्छु। त्यसैले उनीहरूका लागि विश्वसनीय छैन। हुन पनि परेको छैन’, उनले भने।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>