Breaking News

नयाँ गठबन्धनका लागि बालुवाटारमा मध्यराति महत्त्वपूर्ण समझदारी, आजै अर्को बैठक

Banner

काठमाडौं,फागुन २१-

नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीबीच गएराति सत्ता सहयात्राका विषयमा समझदारी बनेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नै रहने गरी नयाँ गठबन्धन बनाउने समझदारी बनेको बैठकमा सहभागी नेताहरुले बताएका छन्। प्रधानमन्त्री प्रचण्डले आइतबार बिहानै रास्वपा सभापति रवि लामिछाने र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटघाट गरेका थिए। त्यसपछि साँझ जसपासमेत राखेर सामूहिक छलफल भएको थियो। आइतबार राति एमाले अध्यक्ष ओली, महासचिव शंकर पोखरेल, माओवादी वरिष्ठ उपाध्यक्ष तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, उपमहासचिव वर्षमान पुन, रास्वपा सभापति रवि लामिछाने, जसपा अध्यक्ष उपेन्द्र यादवबीच बालुवाटारमा छलफल हुँदा महत्त्वपूर्ण समझदारी बनेको र आज अर्को बैठक बसेर त्यसलाई मूर्तरुप दिने तयारी छ।

यसै विषयमा नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक बालकोटमा बसिरहेको छ। यस्तै माओवादी सचिवालय बैठक पनि बिहान ७ बजेदेखि नै प्रधानमन्त्री निवास बालुवाटारमा जारी रहेको नेता लीलामणि पोख्रेलले जानकारी दिए। उक्त बैठक सकिएपछि नयाँ गठबन्धनको बैठक बसी समझदारीका विषय औपचारिक रुपमा घोषणा गरिने एमालेका एक पदाधिकारीले जानकारी दिए। राष्ट्रिय सभा अध्यक्षको निर्वाचन, उपनिर्वाचन, संक्रमणकालीन न्याय, मुलुकको आर्थिक अवस्था र सत्ता समीकरणका विषयमा सबै दलबीच खुलेर कुरा भएको र नयाँ ढंगले सहमति गरेर अगाडि बढ्ने समझदारी बनेको ती नेताले बताए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>