राजनीति

पुँजीगत खर्च बढ्न नसक्नु चिन्ताको विषयः महासचिव पोखरेल

Banner
जनकपुरधाम,  फागुन १८ –
 नेपाल कम्युनिष्ट पार्टी एमालेका महासचिव शङ्कर पोखरेलले सरकारले पुँजीगत खर्च बढाउननसक्नु चिन्ताको विषय भएको बताउनुभएको छ । आज पार्टी कार्यक्रमका लागि महोत्तरी जानुअघि जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीमाझ कुराकानी गर्दै महासचिव पोखरेलले पुँजीगत खर्च बढ्न नसक्दा आवश्यक विकास हुन नसकेको बताउनुभयो ।
“पुँजीगत खर्च बढाउन सकिएको छैन । कर्मचारीको तलब दिन पनि ऋण लिन पर्ने अवस्था छ”, उहाँले भन्नुभयो । उहाँले सुशासनलगायतका विषयमा पनि सरकारको ध्यानाकर्षण गराउनुभयो । “अब राष्ट्रियसभाको अध्यक्षको निर्वाचन आउँदैछ । यस विषयमा एमालेको कुनै चासो छैन । हामी बेथितीविरूद्ध खबरदारी गरिरहन्छौँ”, पोखरेलले भन्नुभयो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>