खेलकुद

टस हारेको नेपालले नामिबियाविरुद्ध ब्याटिङ गर्दै

Banner

काठमाडौं,फागुन १८-

नेपालले त्रिकोणात्मक टी-२० आई सिरिजअन्तर्गत आफ्नो तेस्रो खेलमा नामिबियासँग खेल्दैछ । टीयु क्रिकेट मैदानमा भएको टसमा नामिबियाका कप्तान जेजे स्मिथले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएपछि नेपालले ब्याटिङको निम्तो पाएको हो ।

नेपालले आजको खेलमा तीन परिवर्तन गरेको छ । आरिफ शेख, अभिनाश बोहरा र अनिल शाह आज टोलीमा छन् । ललित राजवंशी, कुशल भुर्तेल र सन्दीप जोरा बाहिर छन् ।

नेपाल शीर्ष दुईमा रहँदै फाइनल खेल्ने सम्भावना कायमै राख्न आजको खेलमा जित आवश्यक छ । आजको खेलमा पराजित भएमा नेपाल औपचारिक रुपमै फाइनल दौडबाट बाहिरिनेछ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>