माैसम

आइतबारसम्म काठमाडौँसहित पहाडी क्षेत्रमा चट्याङसहित असिना पानीको सम्भावना

०
Banner

काठमाडौँ, फागुन १८-

पश्चिमी बायुको प्रभावका कारण आगामी आइतबारसम्म काठमाडौँ उपत्यकासहित मध्यपहाडी क्षेत्रमा चट्याङसहितको असिना पानी पर्ने सम्भावना रहेको छ । मौसमविद् डा. विनोद पोखरेलले शनिबार र आइतबार मध्यपहाडी क्षेत्र र काठमाडौँ उपत्यकामा समेत चट्याङ र असिनासहितको पानी पर्ने सम्भावना रहेको बताए ।

‘शनिबार विहानैदेखि वर्षा हुने र पश्चिमी क्षेत्रमा हिमपात र हल्का वर्षा हुने देखिन्छ । पोखरा र काठमाडौँमा पनि वर्षा हुने देखिन्छ,’ उनले भने । आइतबार पनि पानी पर्न सक्ने र सोमबारदेखि फेरि मौसम सामान्य हुने उनले बताए ।

उहाँका अनुसार यही अवधिमा तराईमा भने हल्का वर्षामात्रै हुने छ भने पूर्वी तराईमा भने पानी पर्ने सम्भावना कम छ । उच्च पहाडी र हिमाली भेगमा भने हिमपात हुने मौसमविद् पोखरेलले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>