राजनीति

मिटरब्याज पीडितको माग पूरा गर्न सरकारले चासो नदेखाएपछि राप्रपाले संसदमा अवरोध गर्ने

Banner

काठमाडौं, फागुन १८-

मिटरब्याज पीडितको माग पूरा गर्न सरकारले चासो नदेखाएको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आजको प्रतिनिधिसभा बैठक अवरोध गर्ने तयारी गरेको छ ।

राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले गत १४ फागुनकै संसद् बैठकमा मिटरब्याज पीडितहरुको माग सम्बोधन नगरे आजको संसद् अवरोध गर्ने जानकारी दिएका थिए ।

नेताहरुका अनुसार, त्यही जानकारी बमोजिम आजको संसद् बैठक अवरोध गर्ने तयारी चलिरहेको छ । संसद् बैठक आज ११ बजे बस्दैछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>