चितवन विशेष
भरतपुर भ्रमण बर्ष उद्घाटन समारोहमा एमाले अध्यक्ष ओली आउने निश्चित
०

चितवन,फागुन १७-
भरतपुर भ्रमण बर्ष २०२४ को उद्घाटन समारोहमा एमाले अध्यक्ष ओली आउने निश्चित भएको छ । एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपानेका अनुसार शुक्रबार हुने महानगरको भ्रमण बर्ष उद्घाटनका लागि पार्टी अध्यक्ष ओली आउने निश्चित भएको हो । भ्रमण बर्ष उद्घाटन समारोहमा सहभागि हुनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजबादीका अध्यक्ष माधवकुमार नेपाल चितवन आइसकेका छन ।
भोलि काँग्रेस सभापति शेरबहादुर देउवा,पूर्व प्रधानमन्त्री झलनाथ खनाल र बाबुराम भट्टराई समेत आउने कार्यक्रम तय भएको छ । भ्रमण बर्ष २०२४ को नारायणी नदी किनारमा भव्य कार्यक्रमका विच शुक्रबार उद्घाटन गरिदैछ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























