मनोरञ्जन

शिवरात्रिमा तीन नेपाली फिल्म जुध्दै

Banner

काठमाडौं, फागुन १७-

हिन्दी फिल्मसँग बजार प्रतिस्पर्धामा डराउने नेपाली निर्माताहरू आपसमा भने सधैँ भिड्न तयार हुन्छन् । अझ कुनै राम्रो मिति पर्नुपर्छ, दुई–तीन वटै नेपाली फिल्म आपसमा भिड्ने गर्दछन् ।

फागुन २५ गते शिवरात्रिकै मौका छोपेर तीन वटा नेपाली फिल्म प्रदर्शन हुँदैछन् । शिवरात्रि र त्यसपछिका केही दिन सार्वजनिक बिदा परेकाले यो मितिमा फिल्म रिलिज गर्ने होड चलेको हो ।

नेपाली चलचित्र ‘काँडेतार’, ‘उपहार’ र ‘रङ्गेली’ एक साथ प्रदर्शनमा आउन लागेका हुन् । फागुनको पहिलो साता अर्थात् ४ गते शुक्रबार प्रदर्शनमा आएको फिल्म ‘जिग्री’ले दर्शक पाउन सकेन । ११ गते प्रदर्शनमा आएको ‘गोर्खा वारियर’को पनि अपेक्षा गरेजस्तो व्यवसाय भएन । यस्तो अवस्थामा २५ गते तीन वटा फिल्म एक साथ प्रदर्शनमा आउन थालेका हुन् ।

शिवरात्रिकै मौका छोपेर सबैभन्दा पहिला ‘काँडेतार’ले प्रदर्शनको घोषणा गरेको थियो । त्यसपछि ‘उपहार’ र ‘रङ्गेली’ थपियो । सिङ्गल रिलिजमा फिल्मको व्यवसाय राम्रो हुन नसकेको समय तीन वटा चलचित्र आपसमा प्रतिस्पर्धा गर्न उत्रिएपछि लगानी सुरक्षित नहुने जोखिम बढेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>