Breaking News
अध्यक्ष ओलीले भनेः गठबन्धन खरानीको डल्ला हो, भिज्यो भने पनि फुट्छ सुक्यो भने पनि फुट्छ
०

विराटनगर, फागुन १६-
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार फेर्ने बदल्ने खेलमा एमाले नरहेको बताएका छन् । विराटनगर विमानस्थलमा पत्रकारसङ कुरा गर्दै अध्यक्ष ओलीले सरकार फेर्ने बदल्ने खेलमा एमाले नरहेको बताएका हुन् ।
उनले एमाले मिसन ८४ मा लागेको भन्दै सरकारको विषय प्राथमिकतामा नरहेको बताए । उनले अहिलेको गठबन्धन खरानीको डल्लो भएको बताए । उनले भने ‘खरानीको डल्लो सुक्यो भने पनि फुट्छ । भिज्यो भने पनि फुट्छ । यसको कुनै अर्थ छैन ।’
उनले कांग्रेस महासमिति बैठकबाट संविधान संशोधनको ब्याक फायर गरेको बताए । संविधान के का लागि ? किन र के संशोधन गर्ने स्पष्ट हुनुपर्ने अध्यक्ष ओलीले बताए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























