Breaking News
रविको प्रश्नः गम्भीर आरोप लागेका मन्त्रीलाई सदनमा आएर जवाफ दिन केले रोक्यो ?
०

काठमाडौँ, फागुन १४-
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले गम्भीर आरोप लागेका मन्त्रीहरूले रोष्टममा उभिएर जवाफ दिन केले रोकेको भन्दै प्रश्न गरेका छन्।
सोमबार बिहान बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै सभापति लामिछानेले सभामुख देवराज घिमिरेबाट रूलिङ समेत भइसकेको विषयमा सरकारका केही मन्त्रीहरूले आफूमाथि लागेका गम्भीर आरोपका विषयमा सदनमा आएर उभिएर जवाफ दिन निमित्त रोकेको छ केले भन्दै प्रश्न गरेका हुन्।
रास्वपा, नेकपा एमाले, राप्रपा लगायत दलले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालामाथि बालकुमारी जाँचबुझ आयोगले लगाएको आरोपबारे जवाफ दिनुपर्ने माग राख्दै आएका छन्। यसबारे सरकारले उनलाई बर्खास्त गर्नुपर्ने माग गरेका छन्।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























