Breaking News
गोकुलले भनेः सरकार नाजवाफ बस्न मिल्दैन, मन्त्रीलाई हटाउनुपर्छ
०

काठमाडौं, फागुन १४-
नेकपा एमालेले बालकुमारी घटनाको छानबिन आयोगले बुझाएको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने अडान कामयै राखेको छ ।
प्रतिनिधि सभाको बैठकमा बोल्दै एमालेको तर्फबाट सांसद गोकुल बास्कोटाले भौतिक पूर्वाधान मन्त्री प्रकाश ज्वाला, स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेत र पर्यटन मन्त्री सुदन किरातीलाई पदमा बस्ने नैतिक अधिकार नभएको दोहोर्याएका हुन् ।
उनले भने, ’प्रतिपक्षलाई दोष देखाएर गठबन्धनको झण्डा हल्याएर मुलुकमा सुशासन आउछ ? सभामुखबाट स्पष्ट रुलिङ चाहिन्छ। हाम्रो आन्दोलन जारी छ । अब कुराको सुन्दरता होइन । व्यवहारको प्रष्टता चाहियो । एक्सन चाहियो। उहाँले ती मन्त्रीलाई हटाउनुपर्छ । सरकार नाजवाफ बस्न मिल्दैन ।’
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























