चितवन विशेष

चितवन मिल्क उद्योगको गोदाममा ७५ करोड रुपैयाँको दूध र घिउ थन्कियो

Banner

चितवन,फागुन १३-

चितवनको भरतपुर महानगरपालिका–१ ठिमुराको चितवन मिल्क उद्योगमा ७५ करोड रुपैयाँ बराबरको दूध र घिउ थन्किएको छ । उद्योगका प्रबन्धक दुर्गा पराजुलीले दूध ल्याएका संस्थाले प्रशोधित दुग्धजन्य पदार्थ बिक्री नभएर लैजान छाडेपछि भण्डारमा थन्किएको जानकारी दिनुभयो । पाँच सय टन नौनी घिउ भण्डारमा रहेको भन्दै उहाँले उद्योगमा तीन सय र ५०र५० टनका तीन वटा चिस्यान केन्द्र तथा तिनका चार वटा प्यासेज घिउले भरिएका बताउनुभयो ।

प्रशोधन गरिएको नौनी घिउ र धुलो दूध बिक्री नभएर भण्डारण गर्ने ठाउँ नभएपछि उद्योग माघ २२ गतेदेखि बन्द भएको हो । उद्योग बन्द भए पनि मासिक झन्डै १६ लाख रुपैयाँको बिजुली र १० लाख रुपैयाँ हाराहारीको डिजेल खर्च हुने गरेको उहाँले जानकारी दिनुभयो ।

पराजुलीका अनुसार प्रशोधित दूध बिक्री नहुँदा किसानले भुक्तानी पाएका छैनन् भने उद्योगले प्रशोधन शुल्क पाउन सकेको छैन । डेरी उद्योग र सहकारीलाई सामान लैजान ताकेता गरिरहेको भए पनि नलगेपछि उद्योग सञ्चालन गर्नै नसकेर बन्द गरिएको उहाँले बताउनुभयो ।

अहिले मिल्क उद्योगमा ३१ वटा डेरी, निजी फर्म र सहकारीको दूध भण्डार भएर बसेको छ । उत्पादित सामग्री बिक्री हुन नसकेपछि उद्योग आर्थिकरूपमा समेत समस्यामा परेको छ । प्रशोधनसमेत रोकिएपछि मिल्क होलिडे को सम्भावना बढेर गएको भन्दै किसान चिन्तित छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>