चितवन विशेष
मेघौलीमा राष्ट्रिय स्वास्थ्यकर्मी महासंघको स्वास्थ्य शिविर, ४५० जनाको स्वास्थ्य परीक्षण

चितवन, फागुन १२-
नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकटको स्वास्थ्य तथा जनसंख्या विभाग राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ भरतपुर महानगर कमिटीले चितवनको मेघौलीमा गरिएको वृहत स्वास्थ्य शिविरको आयोजना गरेको छ । भरतपुर २७ मेघौलीको जानकी उच्च मावि परिसरमा भएको स्वास्थ्य शिविरमा ४५० जना स्थानीयले स्वास्थ्य परीक्षण गराएका छन् ।
शिविरमा जनरल फिजिसियनका २००, स्त्री तथा प्रसुति रोगका १५०, हाडजोर्नीका ७४ र दाँत रोग सम्वन्धी २६ जनाको स्वास्थ्य परीक्षण गरिएको आयोजकले जानकारी दिएको छ । शिविरमा चितवनका बरिष्ठ फिजसियन डा. विजयप्रसाद पौडेल, डा. प्रतिक न्यौपाने, डा.सन्दीप पाण्डे, डा. दिप्ती शर्मा, डा. सुवास थापा, डा. सरस्वती अर्याल, डा. ऐलिग बास्कोटा लगायतका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले बिरामीहरुको स्वास्थ्य परीक्षण गर्नुभएको थियो ।
एमाले केन्द्रीय सदस्य एवम् भरतपुर महानगर इन्चार्ज जेएन थपलिया प्रमुख अतिथि रहनुभएको शिविरमा एमाले प्रदेश पूर्व सांसदहरु कृष्णप्रसाद भूर्तेल र विजय सुवेदी, एमाले जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने, राष्ट्रिय स्वास्थ्यकर्मी महासंघका उपाध्यक्ष रामहरी ढकाल, एमाले महानगर अध्यक्ष शंकर थपलिया, स्वास्थ्यकर्मी महासंघ भरतपुर नगर अध्यक्ष एकनाथ अर्याल, राष्ट्रिय स्वास्थ्यकर्मी संघका चितवन अध्यक्ष केशव सापकोटा, अनेरास्ववियूका पूर्व केन्द्रीय सदस्य प्रकाश भट्ट, एमालेका महानगरका वडा अध्यक्ष, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु लगायतका उपस्थिती रहेको कार्यक्रमको सञ्चालन एमाले स्वास्थ्य तथा जनसंख्या विभागका सदस्य विज्ञान पौडेलले गरेका थिए । एमाले चितवनका स्वास्थ्य विभाग प्रमुख भक्ति गौतमको अध्यक्षतामा कार्यक्रम भएको थियो ।
























