Breaking News

प्रमुख पार्टीहरु मिलेर मलाई फसाउन खोजेः रवि लामिछाने

Banner

कपिलवस्तु,फागुन १२-

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देशका प्रमुख पार्टीहरु मिलेर आफूलाई फसाउन खोजेको आरोप लगाएका छन्। दुई वर्ष अघि सम्म सञ्चारकर्मीका रुपमा आफूले काम गरेर कमाएको जनताको अपार समर्थन देखेर कांग्रेस, एमाले, माओवादीहरू मिलेर आफूलाई फसाउन खोजेको उनको आरोप थियो।

राष्ट्रिय स्वतन्त्र पार्टी कपिलवस्तुले बाणगंगा नगरपालिकामा राखेको सभामा बोल्दै उनले एक आपसको आलोचन गर्ने ती पार्टीहरुले अहिले भने राष्ट्रिय स्वतन्त्र पाटीको खेदो खन्न सुरु गरेको बताए। ‘घेराबन्दी र चरित्र हत्या गर्न खोजिएको छ, त्यसको हिसाब अब नेपाली जनताले दिनेछन्’ उनले भने ‘एउटा सामान्य सञ्चारकर्मी र सामान्य मान्छेलाई सारा नेपालीको माया मिलेको छ, मलाई यति भन्दा केही चाहिएको छैन। अब यही पुँजीलाई जोगाएर आउँदो निर्वाचनमा रास्वपाको नेतृत्वको सरकार बनाउने छौँ र ३४ वर्ष सम्म देश कसरी ? कसले ? लुटे एक/एकको हिसाब लिनेछौँ।’

उनले जनताको आशीर्वाद पाउँदासम्म आफूलाई कसैसँग लुक्न र झुक्न नपर्ने बताए। ‘३४ वर्षसम्म देशमा शासन गर्नेहरुरुले सम्पत्ति शुद्धीकरणमा मलाई फसाउन खोजेको जनताले राम्ररी बुझेका छन्’ उनले भने। ०८४ मा सबै राजनीतिक दलहरूलाई पराजित गर्ने बताउँदै उनले आगामी चुनावमा आ-आफ्नो पार्टीमै बसेर मत मात्र फेर्न आग्रह गरे।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>